सानिमा बैंकको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१२ आश्विन २०७८, मंगलवार ११:२५

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२ हजार ७५१ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो ।

बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको होे ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा सम्र्पक राख्न सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*