नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न

११ आश्विन २०७८, सोमबार १८:१४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ९ गते एकिदिने उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेको थियो । साथसाथै कम्पनीको मंगलसेन शाखाले पञ्चदेवल विनायक नगरपालिकास्थित आसपासका बीमितहरुलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरेको मंगलसेन शाखाका प्रमुख विकास पण्डितले बताए ।

सोही कार्यक्रमको अवसरमा मंगलसेन शाखाले एजेन्सि कार्यालयको स्थापना समेत गरेको छ । साथै शाखा प्रमुख पण्डितले कार्यालयका एजेन्सि म्यानेजर रमेश बुढा मगरलाई बधाई समेत दिएका थिए ।

कार्यक्रममा करिब ४० जना अभिकर्ताहरुको सहभागी रहेको थियो । साथै कार्यक्रममा अतिथिका रुपमा अछाम शाखा कार्यालयका शाखा प्रमुख दिपक बहादुर खड्काको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन कृष्ण थकुल्लाले गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*