दुई कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?

११ आश्विन २०७८, सोमबार १५:१६

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता किनबेच भएको छ । नेप्से आज ७३.०५ अकंले घट्दा कारोबार ५ अर्ब माथिको भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युतको शेयरमा पोजेटिभ सर्किट लागेको छ । साथै गोर्खाज फाइनान्सको ६.०८ प्रतिशत अकं, एनआईसी एशिया डिबेञ्चरको १.९२ प्रतिशत अकं र सिटिजन म्युचुअल फण्डको १.५८ प्रतिशत अकंले बढेको छ ।

त्यस्तै, सोमबार सर्वाधिक गुमाउने कम्पनीहरुमा गुडवील फाइनान्सको ७.८३ प्रतिशत अकं, युनाइटेड इदि मार्दीको ७.७३ प्रतिशत अकं, नेपाल फाइनान्सको ७.७२ प्रतिशत अकं, कालिका पावरको ७.७१ प्रतिशत अकं र पोखरा फाइनान्सको ७.२० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*