मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता

११ आश्विन २०७८, सोमबार १२:२६

काठमाडौं । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज आइपीओ बाँडफाँड गरेको छ ।

उक्त आइपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएकोमा तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन दिएका थिए । सोही अन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् ।

१९० कित्तादेखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट थप २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर प्राप्त गरेका छन् ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३८० जना आवेदकले आवेदन दिएका थिए ।सोमध्ये १ हजार ५१५ जनाको आवेदन रद्द भएको थियो ।

बाँकी ९४ हजार ८६५ जना योग्य आवेदकलाई १० देखि ४० कित्तासम्म माग गर्नेलाई मागबमोजिम नै शेयर बाँडफाँड गरिएको छ भने ४० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

One thought on “मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता

  1. बिरन श्रेष्ठ says:

    नाम लिस्ट पनि हेर्न पाय हुन्थ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*