वीरगन्जमा थपियो कर्फ्यु अवधि

३१ चैत्र २०८१, आईतवार ११:५५

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ ।

कर्फ्यु आदेश आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप गरिएको छ । शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*