सिद्धार्थ प्रिमियरद्वारा २ अर्बभन्दा बढी दाबी भुक्तानी, बाढी पीडितलाई मात्रै ८७ करोड

३१ चैत्र २०८१, आईतवार १०:२५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्म ११ हजार ३८२ वटा दाबी फर्स्यौट गरी २ अर्ब ९ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीका अनुसार उक्त रकममध्ये ८७ करोड ३१ लाख रुपैयाँ गत आश्विन महिनामा परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट क्षति भएको बिमा दाबी अन्तर्गत भुक्तानी गरिएको हो। बाँकी १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ भने अन्य नियमित बिमा दाबीहरूमा खर्च भएको कम्पनीले जनाएको छ।

चालू आवको हालसम्म कम्पनीमा १२ हजार ३८८ वटा दाबी दर्ता भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले अझै बाँकी रहेका दाबीहरू छिटो फर्स्यौट गर्न प्रयास गरिरहेको बताएको छ। बीमितहरूले आवश्यक कागजात नपठाएका कारण केही दाबी फर्स्यौटमा ढिलाइ भएको जनाएको छ।

कम्पनीले बीमितहरूलाई आफ्नो नजिकको शाखा, प्रदेश कार्यालय वा मुख्य कार्यालयमा सम्पर्क गरी चाँडोभन्दा चाँडो आवश्यक कागजात बुझाउन आग्रह समेत गरेको छ।

साथै कम्पनीले भइपरी आउने दाबीहरू यथाशक्य चाँडो फर्स्यौट गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*