रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, १९ देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण

११ आश्विन २०७८, सोमबार ११:५१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको पाँच दिनमै नयाँ बोनसदर घोषणा गर्न सफल भएको छ ।

कम्पनीले न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गरेका छन् ।

कम्पनीले सर्वाधिक बीमालेखमा न्यूनतम ३० देखि अधिकतम ६०, सर्वाधिक तथा आजीवनमा ३० देखि ४५ रुपैयाँसम्म, अग्रीम भुक्तानीमा ४१ देखि ४५ रुपैयाँ सम्म, बार्षिक अग्रीम भुक्तानी, मुद्धती नियमित शुल्कमा २४ रुपैयाँ र बार्षिक अग्रीम भुक्तानी, मुद्धती एकल बीमा शुल्कमा ५४ रुपैयाँ र सबैभन्दा कम सामूहिक १९ रुपैयाँ बोनसदर निधारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*