नबिल इक्विटी र ब्यालेन्सड् फण्ड–२ को इकाईमूल्य समायोजन

११ आश्विन २०७८, सोमबार १०:५२

काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ ।

यी दुई फण्डले ४० र ३५ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि हिजो (असोज १०) गते बुकक्लोज गरेसँगै आज दुई फण्डको इकाई मूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम नबिल ब्यालेन्सड् फण्डको १४ रुपैयाँ ५४ पैसाका आधारमा नेप्सले ३५ प्रतिशत लाभांश वितरण पछिको ११ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

त्यस्तै, नबिल इक्विटी फण्डको अघिल्लो दिन कायम १५ रुपैयाँ ५४ पैसाका आधारमा नेप्सेले ४० प्रतिशत लाभांश वितरण पछिको इकाईमूल्य ११ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*