बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?

११ आश्विन २०७८, सोमबार १०:०७

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

निष्काशन गरिने कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*