प्रतिकित्ता १९० रूपैयाँमा एनआईसी एशिया बैंकको ७ लाख शेयर बिक्रीमा, सबैले किन्न पाउने

२६ चैत्र २०८१, मंगलवार ०७:३६

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रूपैयाँ तोकिएको छ। लगानीकर्ताले खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्नु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र बालुवाटारस्थित (बिक्री प्रबन्धक) एनएमबि क्यापिटल लिमिटेडमा पाइनेछ।

उक्त अवधिमा प्राप्त शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे बिक्री प्रबन्धककै कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*