समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२६ चैत्र २०८१, मंगलवार ०७:२२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।

सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*