विन नेपाल लघुवित्तको एफपिओमा ३ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
२५ चैत्र २०८१, सोमबार १८:२५

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार सोमबार (चैत २५ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ९३ हजार ८५९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ९१ हजार लाख २५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा ३९१.७० गुणा बढी हो ।
कम्पनीले चैत २१ गते देखि ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा भोलि अर्थात् चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ ।