आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?

११ आश्विन २०७८, सोमबार ०६:११

काठमाडौं । आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर जम्मा गरी कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण शेयर बाँडफाँड भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको हो ।

नेप्से र उक्त कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् भोलीदेखि नै लघुवित्तको आइपीओ दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले उक्त संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

यदि भोलि स्पेसल प्रिओपन सेसनमा मानुषी लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुला हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*