हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२२ चैत्र २०८१, शुक्रबार १०:३७

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । सुन आज तोलामा तीन हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँमा झरेको छ ।