म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बीमक संघलाई महासंघको आग्रह

१० आश्विन २०७८, आईतवार १६:५९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बींमक संघलाई आग्रह गरेको छ । महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन महासंघ र नेपाल बीमक संघबीच समन्वय गरेको छ। महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीले छलफल गरी उक्त निणर्य गरेका हुन् ।

उक्त कार्यक्रममा महासंघले निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाको थप भएको समयावधिका लागि बीमा नवीकरण गराउँदा एक्सेस भ्यालुकै सेवा शर्त तोकी उपयुक्त दररेटमा गराउन बीमा कम्पनीलाई आग्रह गरेका छन् ।

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बीमा, म्याद थप गर्दा गरिने बीमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बीमा समितिले निकट भविष्यमा अन्तर्क्रिरया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले जनाएका छन् ।

यसअघि भदौ ३ को मन्त्रिपरिषद्को बैठकले कोरोना लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको खरिद सम्झौताको २०७८ साल चैत मसान्तसम्मको लागि म्याद थप गरेको थियो ।

उक्त आयोजनाहरूको म्याद थप गरेसँगै कम्पनीहरुले बीमा नवीकरण गर्दा तोकिएकोभन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुशी बीमाशुल्क लिँदै आएका थिए । ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरेका थिए । त्यस्तै, मनलाग्दी पहिला जारी भएको बीमा शुल्कमा अत्याधिक रूपले बीमा शुल्क लिन बाध्य बनाएको कुरा महांसघले व्यक्त गरेको थियो । उक्त कार्य पुन नदोरिनको लागि बीमंक संघलाई यस्तो आग्रह गरकेो मंहासघले ध्यानाकर्षण गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*