नेप्से ६१ अंकले घट्दा कारोबार खुम्चियो, म्यचुअल फण्ड बाहेकका सबै समूह राताम्य

१० आश्विन २०७८, आईतवार १५:२४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज म्युचअल फण्ड समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्ने कम्पनीमा निर्जीबन बीमा समूह रहेको छ ।

नेप्से उच्च अंकले घट्दा आज सर्वाधिक खरिदबिक्री हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँको कारोबार भएको हो । साथै आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*