आजसम्म कायम शेयरधनीले मात्र अरुण भ्यालीको लाभांश पाउने

१० आश्विन २०७८, आईतवार १२:०३

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि असोज ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोेजनको लागि वितरण गर्नेछ । कम्पनीले लाभांश वितरण पश्चात कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ ।

सोही बोनस शेयर र हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते थापाथली स्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारण सभा आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*