सानिमा रिलायन्स लाइफका डिजिएम चुडामणि चापागाँई बने नेप्सेको सिईओ

काठमाडौं । सरकारले विवादका बीच नेपाल स्टक एक्सचेन्जको सिईओमा सानिमा रिलायन्स लाइफका भुप डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्ती गर्ने निर्णय गरेको हो । सर्टलिष्टमा परेका मध्येबाट यसअघि नारद लुईटेललाई नियुक्त गर्ने निर्णय योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी खारेज भएको थियो ।
नेप्सेको सिईओमा नियुक्त चापागाईले सानिमा रिलायन्स लाइफमा साढे पाँच बर्ष काम गरेर केही समय अघि मात्रै राजिनामा दिएका थिए । त्यसअघि उनले पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा काम गरेको अनुभव छ । यसबाहेक उनले उर्लाबारी क्याम्पस समेत पढाएको अनुभव छ ।
खानेपानी मन्त्री प्रदिप यादवले नेप्सेको सिईओमा नयाँ निर्णय भएको हुनसक्ने संकेत गरेका छन् । यद्यपि सञ्चार मन्त्रीले भने कुनै विवरण सार्वजनिक गरेका छैनन् ।