२०औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकद्धारा ‘महिला आत्मरक्षा प्रशिक्षण’

८ आश्विन २०७८, शुक्रबार १७:४३

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । बैंकले २० औं वार्षिकोत्सवको अवसरमा ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ उद्देश्यका साथ महिलाहरुलाई उक्त प्रशिक्षण प्रदान गरेको हो ।

बैंकले महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न, महिलाहरुलाई शारीरिक र मानसिक रुपमा सशक्त बनाउन देशको विभिन्न स्थानहरुमा आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो ।

महिलामैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरुकता, मौखिक रक्षा, झुटा आरोप तथा आत्मसमर्पण रक्षा र कानुनी रक्षा सम्बन्धी विषयमा प्रतिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मरक्षा सम्बन्धमा जनचेतना समेत विस्तार हुने बैंकले जनाएको छ ।

बैंकले उक्त आत्मरक्षा प्रशिक्षण सुदुरपश्चिम प्रदश र बागमती प्रदेशमा दिइसकेको छ भने अब क्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*