थप १४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मूत्यु

८ आश्विन २०७८, शुक्रबार १७:२६

काठमाडौैं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनामा पीसीआर गर्दा १ हजार १०३ जनामा र ५ हजार ११५ जनामा एन्टिजन परीक्षण गर्दा ३७३ जनामा कोेरोेना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको सख्या २० हजार २८७ रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*