सानिमा बैंकको १०६ औं शाखा विराटनगरको कञ्चनबारीमा

८ आश्विन २०७८, शुक्रबार १६:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले विराटनगरको कञ्चनबारीमा १०६ औं शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सयुक्त रुपमा रहेका हुन् । साथै बैंकका ग्रांहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षण लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डले कृतज्ञता ब्यक्त गरे ।

बिस्तारित शाखा कार्यलयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा दिने बैंकले जनाएको छ । एक शाखा कार्यालय बिस्तार गरेसंगै बैंकले १०६ कार्यालय र ९६ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*