कामना सेवा बैंकको ‘केएस डिजी’ डिजिटल वालेट संचालनमा

८ आश्विन २०७८, शुक्रबार १५:४४

काठमाडौं । कामना सेवा विकास बैंकले ‘केएस डिजी’ डिजिटल वालेट संचालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेटको सुभारम्भ गरेका हुन् । बैैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा ‘केएस डिजी’ सेवा संचालनमा ल्याएको हो ।

डेभलपमेन्ट बैंक मै पहिलो पटक संचालनमा आएको ‘केएस डिजी’ वालेटले बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी बिना झन्झट तवरले केहि कागजात अपलोड गरी उक्त वालेट खोल्न सक्नेछन् ।

यस डिजिटल वालेट खोल्न एपमा फेस रिकगनाइजेशन(पहिचान) गर्नसक्ने आर्टिफिसियल इन्टिल्लीजेन्स को प्रयोग भएको छ । साथै, एकाउन्ट ओपनिङ, लोन एप्लिकेशन, इन्टर ओपेरेबल क्युआर, एमक्यास लगायतका बैंकिङ सेवा सुविधा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*