मेगा बैंकको सहकार्यमा एग्रोद्धारा किसानलाई क्रेडिट कार्ड वितरण

८ आश्विन २०७८, शुक्रबार १४:३०

काठमाडौं । मेगा बैंकको सहकार्यमा झापाको दमकमा रहेको हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ ।

एग्रोेले किसानको सहजताका लागि उनीहरुको समस्या मध्यनजर गर्दै ५ जना किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । एग्रोले एक कार्यक्रमको आयोजित गर्दै किसानलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिदै डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रममा दमक नगपालिकाका प्रमुख रोमनाथ ओली एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*