युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान घोडीघोडा लघुवित्तले बोलायो विशेष सभा

८ आश्विन २०७८, शुक्रबार १४:१३

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको ११४ औं बैठकले सभा कैलाली जिल्लाको धनगढीमा रहेको होटल रुबस बैयाबेहडीमा असोज १६ गते गर्ने निर्णय गरेको हो ।

सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने (मर्जर) सम्बन्धमा छलफल गरी पारित गर्नेछ । सो सभाले लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव समेत पारित गर्नेछ ।

दुई कम्पनीहरुबीच एक आपसमा मर्ज हुन २०७७ कात्र्तिक २१ सहमति भएसंगै गत कात्र्तिक २३ गतेदेखी घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

लघुवित्तको २०७८ असोेज ८ गतेसम्म लघुवित्तको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा प्राप्त शेयर नामसरी भइ शेयर दर्ता किताब (बुकक्लोज)मा कायम शेयरधनीले यो सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*