अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन असोज १० गते

८ आश्विन २०७८, शुक्रबार १२:२२

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज ११ गते बुक क्लोज गर्ने भएको छ । जसअुनसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज १० गते आईतबारसम्म नेप्सेमा कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो ।

कम्पनीले सोही प्रतिशत लाभांश वितरण पारित गर्नका लागि असोज २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । साथै सभाबाट १० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको बार्षिक साधारण सभा असोज २४ गते बिहान ११ बजे थापाथलीमा रहेको ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*