श्री इन्भेष्टमेन्ट फाइनान्सद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह

८ आश्विन २०७८, शुक्रबार ११:१४

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

कम्पनीको विभिन्न साधारण सभाबाट पारित ५ बर्षभन्दा पुरनो लाभाश लिन अनुरोध गरेको हो । शेयरधनीहरुले उक्त रकम लिन सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा आवश्यक कागजात सहित बुझिलिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र नगद लाभांश नलिएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*