छोराको जन्मदिनमा बुबाले दिए प्रभु महालक्ष्मी लाइफको बीमा उपहार

५ चैत्र २०८१, मंगलवार १२:०४

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्।

यसैको थप एक उदाहरण स्वरूप जैमुनी–७ बागलुङ निवासी तथा दोहा, कतारस्थित हाइफाई क्लिनिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर कृष्ण गिरीले आफ्नो छोरा किरण गिरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्।

गिरीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, बुटवल शाखामार्फत “जीवन किरण” बीमा पोलिसी प्रदान गरेका हुन्। उनले उक्त पोलिसी शाखाका प्रमुख एजेन्सी म्यानेजर आर्यन खानको पहलमा छोरालाई उपहार दिएका हुन्।

सानो रकमलाई सदुपयोग गर्दै सुरक्षित भविष्य निर्माण गर्न बीमा प्रभावकारी हुने एजेन्सी म्यानेजर खानले बताए। नगद वा जिन्सी उपहार दिने परम्पराभन्दा जीवन बीमालेख उपहार दिनु दीर्घकालीन रूपमा फाइदाजनक हुने शाखा प्रमुख रामप्रसाद शर्माले बताए।

छोराछोरीको जीवन बीमा गराउँदा शिक्षा, भविष्य, आकस्मिक सुरक्षा र आर्थिक स्वतन्त्रताको ग्यारेन्टी हुने भएकाले बीमा उत्तम विकल्प भएको शाखाका मार्केटिङ म्यानेजर कृष्णकुमार पोखरेलले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*