२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?

५ चैत्र २०८१, मंगलवार ११:०६

काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२ नम्वरको ट्रकमा ठूलो मात्रामा नोट भएको भन्ने सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा विशेष टोली राति नै परिचालित भयो ।

सो टोलीले काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्वरको ट्रकलाई नियन्त्रणमा लियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँको नोट रहेको फेला परेको छ ।

प्रहरीले ट्रकका चालक कुनसाङ लामालाई नियन्त्रणमा लिएको छ । साथै अर्का एक जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट सो रकम नियन्त्रणमा लिइएकोले सो रकम चीनतर्फ लैजादै गरेको हुनसक्ने अनुमान गरिएको छ ।

हालसम्म प्रहरीले केही बताएको छैन । केहीबेरमा पत्रकार सम्म्मेलन गरी तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

बीमापोष्टलाई बिशेष स्रोतबाट प्राप्त सूचनामा शेर्पा थरका रसुवा नाकामा मेस चलाउने व्यापारीले सो रकम चीनतर्फ लैजादै गरेका थिए । प्रहरीसँगको सेटिङ भत्किएपछि पक्राउ गरिएको हो । ति व्यापारी कांग्रेसकी नेतृ आरजु राणा निकट भएको बुझिएको छ । ति व्यापारीले न्यूरोडमा मेस चलाउँदै आएका छन् । उनले महाबौद्धमा सामान ल्याउने मेस चलाएका छन् ।

तस्विरः लोकपथ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*