सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति?

५ चैत्र २०८१, मंगलवार ११:०१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*