काठमाडौंमा ट्रकभित्र २५ करोड रुपैयाँको विदेशी नोट प्रहरीद्वारा बरामद
५ चैत्र २०८१, मंगलवार १०:४४

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी नोट ट्रकमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले टोखा झोर क्षेत्रबाट ट्रक र सो सवारीका चालकलाई नियन्त्रणमा लिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले ना ७ ख १६५२ नम्वरको ट्रकबाट युरो, अमेरिकी डलरसहितका विदेशी नोटहरु ठूलो मात्रामा पक्राउ गरेको हो । अहिले उक्त नोटको गणना गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । सम्भवतः प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त घटनाको विवरण सार्वजनिक गर्नेछ ।
उक्त रकम कसको हो र के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन ।