त्रिवि क्याम्पसहरूमा आज स्ववियु चुनाव

५ चैत्र २०८१, मंगलवार ०७:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ।

विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोका रूपमा चिनिने स्ववियु निर्वाचन हरेक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण केही क्याम्पसमा १६ वर्षपछि मात्र चुनाव हुन लागेको छ।

त्रिविका अधिकांश क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। तर पोखराको पृथ्वीनारायण क्याम्पसमा भने २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ। यस पटक पनि त्रिविका ६३ वटा आङ्गिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनभित्रको विवादका कारण निर्वाचन स्थगित भएको छ।

निर्वाचन प्रक्रिया प्रभावित भएका अधिकांश क्याम्पसहरूमा तालाबन्दी गरिएको छ। निर्वाचन बिथोलिएका क्याम्पसहरूले चैत २० भित्र चुनाव सक्नुपर्ने व्यवस्था छ।

निर्वाचन हुने अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरूले एकअर्काबीच तालमेल गरेर उम्मेद्वारी दिएका छन् भने केही क्याम्पसमा एक्लाएक्लै चुनाव लड्ने गरी प्यानल बनाएका छन्।

निर्वाचनको अन्तिम तयारी भइरहेको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियूले मध्यराति नै तालाबन्दी गरिदिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*