प्रभु महालक्ष्मीको २ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
५ चैत्र २०८१, मंगलवार ०७:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी शेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि सर्वसाधारणलाई खरिद आह्वान गरेको हो।
उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।