पुँजीबजार लगानीकर्ता संघबाट पोखरेलले दिइन् राजीनामा

४ चैत्र २०८१, सोमबार १८:४७

काठमाडौँ । राधा कुमारी पोखरेलले नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट राजिनामा दिएकी छन्। उनले चैत ३ गते राजीनामा दिएकी हुन् ।

पुँजीबजार लगानीकर्ता संघको अध्यक्षको जिम्मेवारी बहन गर्दै आएकी पोखरेललाई नेपाल सरकारको निर्णयले नेपाल बिमा प्राधिकरणको सञ्चालक पदमा नियुक्त गरेको हो। नयाँ जिम्मेवारीको कारण संघको अध्यक्ष पदमा रहन नसकिने र कामकाजमा असमर्थ हुने भएकाले उनले राजिनामा दिएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*