दिपक थापा नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त
४ चैत्र २०८१, सोमबार १८:४२

काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रमुखका रूपमा दिपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो।
यस नियुक्तिका साथमा थापाले ३० वर्षे सेवा अवधिका कारण सोमबार राति १२ बजे अवकाशमा जानु भएका ३०औं आईजीपी वसन्त कुँवरको स्थान लिएका छन्।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए।