सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
४ चैत्र २०८१, सोमबार १८:२६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयरबिक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयरर गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङरहेको छ ।