विजय लघुवित्तद्वारा बीमित सदस्यका परिवारलाई ४ लाख ३१ हजार हस्तान्तरण

४ चैत्र २०८१, सोमबार १७:५४

काठमाडौँ । बाँकेको खजुरास्थित विजय लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बागेश्वरीले बीमित सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेखको उपस्थितिमा आयोजित कार्यक्रममा बीमा रकम हस्तान्तरण गरिएको हो।

वडानम्बर ५ की ग्राहक सदस्य नन्द रानी कान्दुको असामयिक निधन भएपछि परिवारलाई राहत पुग्ने उद्देश्यले विजय लघुवित्तले ४ लाख ३१ हजार रुपैयाँको चेक प्रदान गरेको शाखा प्रबन्धक खगेन्द्रराज जोशीले जानकारी दिए। चेक स्व. कान्दुका श्रीमान् लालता कान्दुलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा शाखा प्रबन्धक जोशीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई संस्थाले सहयोग गरेको उल्लेख गरे। संस्थाका अनुगमन अधिकृत दामोदर गुरुङले कार्यक्रममा उपस्थित अन्य ग्राहक सदस्यलाई बीमा सेवाका फाइदाबारे जानकारी गराएका थिए।

बीमा गरिसकेपछि भविष्यलाई सुरक्षित बनाउन सहज हुने भन्दै कार्यक्रममा बोल्नेहरूले बीमाको महत्त्वबारे प्रकाश पारे। समयमै बीमा गरे अप्रत्याशित समस्याहरूबाट राहत पाउन सकिने एक सहभागीको भनाइ थियो।

कार्यक्रममा संस्थाका असुली अधिकृत दण्डबहादुर चन्दसहित अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*