राष्ट्रपतिको स्वकीय सचिवमा सुशील तिमिल्सेना

४ चैत्र २०८१, सोमबार १७:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशील तिमिल्सेनालाई स्वकीय सचिवका रूपमा नियुक्त गरेका छन्। पौडेलका नातेदारसमेत रहेका तिमिल्सेनालाई चैत १ गतेदेखि लागू हुने गरी सहसचिव सरहको सुविधा दिनेगरी जिम्मेवारी दिइएको हो। यसअघि उनी उपसचिव सरहको सुविधा लिएर सचिवालयमा कार्यरत थिए।

तिमिल्सेनाले चिरञ्जीवी अधिकारीको स्थान लिएका छन्, जो केही समयअघि अमेरिका गएका थिए। विज्ञ सल्लाहकारप्रति असन्तुष्टि जनाउँदै अधिकारीले परिवारिक कारण देखाएर विदेश यात्रा गरे पनि आफूलाई कुनै जानकारी नदिई हटाइएको गुनासो गरेका छन्।

राष्ट्रपतिको सचिवालयमा प्रमुख स्वकीय सचिवका रूपमा पौडेलकी कान्छी छोरी अवज्ञा पौडेल छन्, जसले बैंकिङ क्षेत्रबाट आएर यो जिम्मेवारी सम्हालेकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*