अजोड इन्स्योरेन्सले दियो ५२ जना मार्केटिङ कर्मचारीलाई तालिम

७ आश्विन २०७८, बिहीबार १६:३८

काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालय, शाखा कार्यालय तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई दिएको ‘इन आउस मार्केटिङ’ टे«निङ काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिममा बीमा ब्यवसायको बर्तमान अवस्था र चूनौति बीमाको विकास र विस्तारमा बीमा अभिकर्ताको निर्भाह गर्नुपर्ने भूमिका र बीमाका पोर्टफोेलियोको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले उक्त तालिम प्रदान गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*