ज्योति लाइफद्धारा मृत्यु दाबी भुक्तानी

७ आश्विन २०७८, बिहीबार १६:२६

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितको परिवारलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीको विर्तामोड शाखाले बीमित मिथलेश कुमार दासका बुबा दयानन्द दासलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उनको गत साउन ९ गते कोरोना संक्रमणका कारण मत्यु भएको थियो ।

बीमित दासले आबद्ध सहकारीमार्फत ४ लाख ५० हजार रुपैयाँ बरारबको ऋण लिएर उक्त कम्पनीबाट जारी ‘ज्योति म्यादि जीवन बीमा’ गराएका थिए ।

कम्पनीले एक समारोहकाबीच उक्त बीमा दाबी भुक्तानी गरेको हो । कार्यक्रममा विर्तामोड शाखाका प्रमुख उज्वल घिमिरे, आबद्ध सहकारी ब्रान्च म्यानेजर पर्वत राज चिमरिया र सहकारीका अध्यक्ष नन्दमान भट्टराईको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*