साढे १८ लाखको हात रित्तो हुने क्रेस्ट माइक्रो लाइफको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

३ चैत्र २०८१, आईतवार १०:५७

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलले आइपीओ मंगलबार बाँडफाँट गर्ने जानकारी दिएको हो ।

कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जस मार्फत २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ संकलन भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आइपीओ १ लाख ८४ हजार ५०० जनाले १०।१० कित्ताका दरले प्राप्त गर्ने सक्नेछन् । जसमा १८ लाख ६४ हजार ३८ जनाको हात रित्तो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*