मनकामना स्मार्ट लघुवित्तको शेयरमा लगातार सर्किट, आज कसले कमाए गुमाए ?

७ आश्विन २०७८, बिहीबार १५:१९

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच हँुदा साढे ७ अर्ब माथिको कारोबार भइरहेको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको सकारात्मक शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा केही दिनयता नेप्सेमा भारी गिरावट आउँदा पनि सर्किट लागेको छ । लगातार रुपमा सर्किट लागेको लघुवित्तको शेयरमा आज पनि अघिल्लो कारोबार दिनको तुलनामा सर्किट लागेको हो ।

त्यस्तै, प्राइम लाईफ इन्स्योरेन्सको ६.१३ प्रतिशत अकं, नेपाल बैंकको ५.५१ प्रतिशत अकं, नेपाल बङलादेश बैंकको ५.३० प्रतिशत अकं र मैलङु खोला जलविद्युतको ४.०२ प्रतिशत अकंले बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा हिमालयन पावर पार्टनरको ५.०९ प्रतिशत अकं, यूनियन हाईड्रोेपावरको ५.०५ प्रतिशत अकं, शिवश्री हाईड्रोपावरको ४.६७ प्रतिशत अकं, अरुण भ्याली हाईड्रोपावरको ४.३६ प्रतिशत अकं र पाँचथर पावरको ४.१४ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*