युनाटेड अजोडको महाप्रबन्धकमा सञ्जय र काशीनाथ नियुक्त, धिरज ढुंगानाले पाए मुख्य प्रबन्धकको जिम्मेवारी

काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीको महाप्रबन्धकमा संजय अर्याल र काशी नाथ वुर्लाकोटी नियक्त भएका हुन् ।
त्यस्तै, धिरज ढुंगानाले कम्पनीको मुख्य प्रबन्धकको जिम्मेवारी पाएका छन् ।
सञ्जय अर्यालसँग २६ वर्षको बीमा क्षेत्रको अनुभव रहेको छ। उनले नेपाल इन्स्योरेन्समा मार्केटिङ विभाग प्रमुखको रूपमा काम गर्दै व्यापार प्रवद्र्धनमा लामो अनुभव हासिल गरेका छन्। साथै, उनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा पनि दुई वर्ष मार्केटिङ विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।
काशीनाथ बर्लाकोटी, जो चाटर्ड एकाउन्टेन्टसमेत हुन्, करिब ८ वर्ष हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत थिए। उनको वित्तीय तथा बीमा क्षेत्रमा लामो अनुभव रहेको छ।
धिरज ढंगाना बैंकिङ क्षेत्रमा लामो समय काम गरेपछि बीमा क्षेत्रमा प्रवेश गरेका छन्। बैंकिङको अनुभवका आधारमा उनले बीमा क्षेत्रमा नयाँ व्यावसायिक रणनीति अपनाउने विश्वास गरिएको छ।
कम्पनीले नयाँ व्यवस्थापकहरूको नियुक्तिसँगै व्यापार प्रवद्र्धनलाई तीव्रता दिने, सेवा गुणस्तर सुधार गर्ने र प्रतिस्पर्धी बीमा बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको छ।