नेशनल लाइफ लमजुङद्वारा मृत्यु दाबी रकम हस्तान्तरण
१ चैत्र २०८१, शुक्रबार १७:२०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले लमजुङ शाखा कार्यालयले बीमित स्व. बिबा बोगटीलाई बीमा दावी वापतको चार लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीको लमजुङ शाखा प्रमुख हिरा सिं गुरुङको अध्यक्षता र बेसीशहर नगरपालिका –११ का वडा अध्यक्ष शिब जोसी, चिती प्रहरी चौकी प्रमुख साथै स्थानीय बुद्धिजीवी तथा आम नागरिकको सहभागितामा बीमा दावी रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।