बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
१ चैत्र २०८१, शुक्रबार १६:०१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ। सरकारले प्राधिकरणमा रिक्त महिला सञ्चालकको पदमा पोखरेललाई नियुक्त गरेको हो।
चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई आगामी चार वर्षका लागि महिला सञ्चालकको रूपमा नियुक्त गरिएको छ। बीमा ऐन २०७९ अन्तर्गत महिला सञ्चालकको व्यवस्था गरिएको थियो, जसको आधारमा उनलाई यो नियुक्ति दिइएको जनाइएको छ।
पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् । २ वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्।