बीमा दावी भुक्तानीमा पारदर्शी आइएमई लाइफ, फागुन महिनामा साढे ४ करोड भुक्तानी
१ चैत्र २०८१, शुक्रबार १४:४९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहदै आएको छ । कम्पनीले आफ्ना बीमितहरुलाई सहज र सरल तरीकाले बीमा दावी वितरण गरीरहेको हो ।
कम्पनीले प्रत्येक महिनाको अन्तिममा सो महिनामा भुक्तानी गरेको रकम सार्वजनिक गर्दै आएको छ । यसले कम्पनीको बीमा दावी भुक्तानी स्पष्ट र पारदर्शी रहेको बताउँछ ।

कम्पनीले प्रकाशित गरेको विवरणको आधारमा
कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा कुल ६८ वटा बीमा दावी वापत चार करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ । जसमा कम्पनीले फरेन इम्प्लोइमेन्ट पोेलिसी वापत ३०, टर्म पोलिसी वापत २४ र कन्भेन्सनल पोलिसी वापत १४ वटा गरी कुल ६८ वटा दावी भुक्तानी वितरण गरेको छ ।