आरआर क्याम्पसमा नेविसंघबाट सदस्य उम्मेदवार शेखर: विद्यार्थी हकहितका लागि निरन्तर संघर्षरत

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। देशभरका क्याम्पसहरूमा चुनावी माहोल तातिएको छ। विद्यार्थी संगठनहरू आ-आफ्ना उम्मेदवारलाई जिताउने प्रयासमा सक्रिय देखिन्छन्। यो माहोल रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा समेत व्यापक रूपमा अनुभूत गर्न सकिन्छ। विद्यार्थी नेताहरू आफ्नो पक्षमा बहुमत बटुल्न लागि परेका छन्। आरआर क्याम्पसमा लामो समयदेखि सक्रिय रहेका विद्यार्थी नेता शेखर नेपाल विद्यार्थी संघ (ने. वि. संघ) बाट प्रत्येक्ष सदस्य पदमा उम्मेदवार बनेका छन्। उनी विद्यार्थी हकहितका लागि निरन्तर संघर्ष गर्दै आएका एक सक्रिया युवा हुन्।
विद्यार्थीका समस्या र समाधानका लागि अग्रसर
शेखर विगत चार वर्षदेखि आरआर क्याम्पसका विद्यार्थीहरूसँग नजिक छन्। विद्यार्थीहरूले भोगिरहेका समस्या मात्र होइन, ती समस्याका समाधानका उपायहरूबारे पनि उनले स्पष्ट दृष्टिकोण बनाएका छन्। शिक्षामा भइरहेको व्यापारिकरण र प्रशासनिक लापरबाही विरुद्ध उनले निरन्तर आवाज उठाउँदै आएका छन्। विद्यार्थी अधिकारका सवालमा मात्र नभई, उनी शिक्षाको गुणस्तर सुधार्नका लागि पनि आवाज उठाइरहेका छन्।
‘विद्यार्थीका कामका लागि पद नै हुनुपर्छ भन्ने छैन। तर, पदले जिम्मेवारी थपिन्छ, सेवालाई अझ प्रभावकारी बनाउन सकिन्छ’ शेखर भन्छन्। विद्यार्थीको आवाज उठाउन, उनी विभिन्न चरणमा संघर्ष गरिसकेका छन्। क्याम्पस प्रशासनको बेवास्ताका कारण २०७७ ब्याजका विद्यार्थीहरूको आन्तरिक मूल्यांकन प्रभावित हुँदा शेखरले सडकबाटै आन्दोलन गरे। उनले विद्यार्थीको मूल्यांकन सुनिश्चित गराउन क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालयसमक्ष दबाब सिर्जना गरे।
विद्यार्थी हकहितको सुरक्षामा निरन्तर संलग्न
शेखरले विद्यार्थीहरूको हकहितका लागि निरन्तर संघर्ष गरिरहेका छन्। क्याम्पसमा अध्ययनरत जेहेन्दार, मिहिनेती, आर्थिक रूपमा कमजोर, अपांगता भएका, तथा अन्य पिछडिएको वर्गका विद्यार्थीहरूको छात्रवृत्ति सुनिश्चित गर्न उनले क्याम्पस प्रशासनसँग बारम्बार पहल गरेका छन्। उनले प्रशासनिक लापरबाही विरुद्ध आवाज उठाउनुका साथै स्ववियुलाई विद्यार्थीका लागि अझ प्रभावकारी बनाउने अठोट लिएका छन्।
शैक्षिक गुणस्तर सुधारका लागि उनले प्राध्यापकहरूलाई नियमित कक्षा सञ्चालन गर्न अनुरोध गर्दै आएका छन्। कतिपय विषयका कक्षाहरू समयमा नहुँदा विद्यार्थीको सिकाइ प्रभावित हुने गरेको छ। शेखरका अनुसार, ‘विद्यार्थीहरूले समयमा पढ्न पाउनु पर्छ, परीक्षा समयमा हुनुपर्छ, र नतिजा समयमा प्रकाशित हुनुपर्छ। यस्ता आधारभूत कुराहरूमा क्याम्पस प्रशासन चुकेको छ। यसलाई सच्याउने काम विद्यार्थीहरूले नै गर्नुपर्छ।’
स्ववियुलाई बलियो बनाउन प्रतिबद्ध
शेखरले स्ववियुलाई बलियो, सक्षम र विद्यार्थीमुखी बनाउन चाहन्छन्। उनका अनुसार, स्ववियु एउटा सक्रिय संस्था हुनुपर्छ, जसले विद्यार्थीका हकहितका लागि निरन्तर लडाइँ लडोस्। स्ववियु क्याम्पस प्रशासनको अनुचर होइन, विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने सशक्त निकाय हुनुपर्छ।
आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि आधारभूत सुविधाहरूको समेत समस्या छ। शौचालय व्यवस्थापन दयनीय अवस्थामा छ। महिलाहरूका लागि सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था छैन। शेखरले यी समस्याहरू समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको बताएका छन्। उनी भन्छन्, ‘क्याम्पस भित्र आधारभूत सुविधाहरू सुनिश्चित गर्न सकिएन भने विद्यार्थीको पठनपाठन सहज हुन सक्दैन।’
विद्यार्थीहरूको विश्वास प्राप्त गर्दै
शेखरले विगतमा गरेका कामका कारण आरआर क्याम्पसका विद्यार्थीहरूले उनलाई सकारात्मक दृष्टिकोणले हेर्ने गरेका छन्। उनी मात्र विद्यार्थी नेता नभई विद्यार्थीका असल मित्र पनि हुन्। क्याम्पसमा कोही विद्यार्थी समस्यामा परे, उनी पहिलो व्यक्ति हुन्छन् जो सहयोगका लागि अगाडि आउँछन्।
विद्यार्थीहरूका आवश्यकताका बारेमा स्पष्ट बुझाइ भएका कारण शेखरले उनीहरूको आवश्यकता सम्बोधन गर्नका लागि ठोस योजना बनाएका छन्। स्ववियुमा विजयी भएमा उनले क्याम्पस सुधारका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छन्। यसमा कक्षा नियमित गराउने पहल, विद्यार्थीहरूको समस्या समाधानका लागि छुट्टै संयन्त्र स्थापना, पुस्तकालयको स्तरोन्नति, र अन्य आवश्यक भौतिक संरचनाहरूको विकास जस्ता विषयहरू समेटिएका छन्।
विद्यार्थी नेता शेखरको संघर्षपूर्ण यात्रा
शेखर बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका-४, मझिगाउँमा जन्मेका हुन्। उनले आफ्नो प्रारम्भिक शिक्षा खप्तड माविबाट पूरा गरेका थिए। उच्च शिक्षाका लागि उनी काठमाडौं आए। सामान्य परिवारमा जन्मेका उनले शिक्षा हासिल गर्दै समाज रूपान्तरण गर्ने लक्ष्य लिएका छन्। आर्थिक समस्याका बाबजुद उनी अध्ययनमा अविचलित रहे। संघर्ष गर्दै अघि बढ्ने क्रममा उनी आरआर क्याम्पसका विद्यार्थीहरूका लागि अभिभावक सरह बनेका छन्।
विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न, उनले प्रशासनविरुद्ध बोल्न कहिल्यै डराएनन्। उनले विगतमा विभिन्न अन्यायका विरुद्ध बोल्दा धेरै कठिनाइ भोग्नु पर्यो। तर, उनी कहिल्यै पछि हटेनन्। उनी भन्छन्, ‘विद्यार्थीका हकका लागि म जहिल्यै अगाडि हुनेछु। कुनै पनि अन्यायका विरुद्ध लड्न म तयार छु।’
आगामी योजनाहरू
शेखरले स्ववियु निर्वाचनमा विजयी भएमा विद्यार्थीहरूका लागि केही महत्त्वपूर्ण सुधारहरू गर्ने योजना बनाएका छन्। उनका योजनाहरूमा समावेश छन्:
-शिक्षा सुधार: क्याम्पसमा नियमित कक्षा सञ्चालन गराउने, परीक्षालाई समयमा गराउने, र नतिजा समयमा प्रकाशन गराउने।
-आधारभूत सुविधा सुधार: विद्यार्थीहरूका लागि सफा शौचालय, महिलाहरूका लागि सेनिटरी प्याडको उचित व्यवस्था।
-छात्रवृत्ति सुनिश्चितता: जेहेन्दार, गरिब, अपांग, र पिछडिएको वर्गका विद्यार्थीहरूको छात्रवृत्ति सुनिश्चित गर्न पहल गर्ने।
-प्रविधि अनुकूल शिक्षा: डिजिटल पुस्तकालयको व्यवस्था गर्ने, नयाँ प्रविधिहरू भित्र्याउने।
-स्ववियुलाई प्रभावकारी बनाउने: विद्यार्थीहरूका समस्या समाधान गर्न नियमित बैठक तथा छलफल गर्ने।
स्ववियु निर्वाचन विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसर हो। विद्यार्थीहरूले आफूहरूको हकहित सुरक्षित गर्न सक्ने, समस्याहरूलाई समाधान गर्ने क्षमता भएका नेतृत्वलाई चयन गर्नुपर्छ।
शेखर जस्ता विद्यार्थी नेता, जसले विगतमा विद्यार्थी हकहितका लागि काम गरिसकेका छन्, जसले क्याम्पस सुधारका लागि ठोस योजना बनाएका छन्, उनीहरूलाई समर्थन गर्नु आवश्यक देखिन्छ। आरआर क्याम्पसका विद्यार्थीहरूका लागि शेखर मात्र उम्मेदवार होइनन्, उनी विद्यार्थी अधिकारका लागि लड्ने योद्धा हुन्। विद्यार्थीहरूको चाहना, सपना, र आवश्यकताहरूलाई मूर्त रूप दिने लक्ष्यका साथ शेखर चुनावी मैदानमा छन्।
(शेखर रोकायसँग कुराकानीमा आधारित)