के तपाई बीमा कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमुल्य

१ चैत्र २०८१, शुक्रबार १४:२३

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबार शेयर बजारमा बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को बिन्दुमा कायम भएको हो ।

शेयर बजार सामान्य अंकले बढसँगै बीमा क्षेत्रका २० वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । पूँजी बजारमा उल्लेख्य रुपले दिर्घकालिन लगानीका स्रोत बनेका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाउदा लगानीकर्ताहरुले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

यस साताको बुधबार लाइफ इन्स्योरेन्स इन्डेक्स ०.६४ प्रतिशत अर्थात ८९.३२ अंकले बढेर १३८३८.२७ को विन्दुमा कायम भएको छ । यस उप–सूचकमा कारोबार भएका गार्डियन माइक्रो लाइफसहित १३ जटामध्ये १० कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३.२६ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १८ रुपैयाँले बढेर ५७० रुपैयाँमा कारोबार भएको छ ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको १.६१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १.३२ प्रतिशत, एलआइसी नेपालको १.२० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । यसदिन सिटिजन लाइफ र गार्डियन माइक्रो लाइफको शेयरमूल्यमा समान्य गिरावट आएको छ ।

त्यस्तै, ननलाइफ इन्स्योरेन्स उपसूचक ०.४० प्रतिशत अर्थात ५१.६१ अंकले बढेर १२७७१.६९ को बिन्दुमा कायम भएको छ । निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्सको शेयरमूल्य ७.८९ प्रतिशतले सबैभन्दा बढी अंकले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८.१० रुपैयाँ बढेर १०६८ रुपैयाँले शेयरमूल्य बढेको छ ।

बुधबार नेपाल र हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य पनि बृद्धि भएको छ । पछिल्लो समय नेपाली यी दुई पुनर्बीमा कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*