लस्कर फुड्सले ल्यायो ‘सुपर कम्बो’ अफर

७ आश्विन २०७८, बिहीबार १२:४५

काठमाडौं । लस्कर फुड्सले सुुपर कम्बो अफरसहित खानाहरुमा विशेष छुट दिने भएको छ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्करले विशेष छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको हो ।

लस्करले आजदेखि सार्वजनिक गरेको अनलाइन प्रतियोगितामा २ जनालाई फुड कुपन भउचरको ब्यवस्था गरेको छ । उक्त २ जना विजेता ग्राहकहरुले १ हजार ५०० रुपैयाँ बराबरको खानेकुरा लस्कर एपबाट मगाई वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी आफुले चाहेको खानेकुरा जित्न सक्ने कम्पनीले जनाएको छ ।

ठमेल पकनाजोलस्थित रहेको लस्करको कार्यालयमा फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट खानेकुरा अडर गरी प्रभुु पे, इसेवा, खल्ती र क्यास अनबाट डेलिभरीबाट बिल तिर्न सकिने छ । ग्राहकले खानेकुरा अडर गर्दा होम डेलिभरीबाट लस्करले चार्ज लिने गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*