अमेरिकन एयरलाइन्सको विमानमा आगलागी, १२ जना घाइते

१ चैत्र २०८१, शुक्रबार १२:२९

काठमाडौं । अमेरिकन एयरलाइन्सको एउटा विमानमा बिहीबार डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ।

आगलागीका कारण विमानबाट धुँवाको मुस्लो निस्किएको थियो भने यात्रुहरू आपत्कालीन अवस्थाको चिप्लेटी प्रयोग गरेर बीमानबाट बाहिर निस्किएका छन्।

कोलोराडो स्प्रिङ्सबाट टेक्ससका लागि उडेको उक्त विमानको इन्जिनमा समस्या देखिएपछि चालकदलले विमानलाई डेन्भरतिर फर्काएको अमेरिकी नागरिक उड्डयन निकाय (एफएए) ले जानकारी दिएको छ। विमान अवतरण गरेपछि आगलागी भएको र यात्रुहरूलाई आपत्कालीन प्रक्रिया अनुसार सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।

डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो घटनामा १२ जना सामान्य घाइते भएका छन्। विमानबाट निस्किएको आगोको ज्वाला र धुँवाको मुस्लो विमानस्थलका विभिन्न द्वारहरूबाट समेत देखिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*