सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
१ चैत्र २०८१, शुक्रबार १०:५२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।